मोबाइल एप मार्फत बिरामीहरूलाई विभिन्न सुविधा प्रदान गर्दै मणिपाल अस्पताल

IMG-20250520-WA0248

गान्तोक: राज्यको मणिपाल सेन्ट्रल रेफरल अस्पतालले बिरामीहरूलाई सहज होस भनेर मोबाइल एप जारी गरेको छ जसबाट घरैमा बसेर अस्पतालसित सम्बन्धित विभिन्न सेवा लिन सकिनेछ। अस्पतालले केही दिन अघि नै यो एप सार्वजनिक गरेको हो भने आज एउटा कार्यक्रमबीच अस्पतालमा स्व-रेजिस्ट्रेशन कियोस्क-को पनि विधिवत लोकार्पण गरियो। यस अवसरमा सिक्किम मणिपाल इन्स्टीट्यूट अफ् मेडिकल साइन्सेस (एसएमआइएमएस) का उप कुलपति डा. दिलीप चन्द्र अगरवाल, डीन मुरलीधर भी पाई साथै अन्यहरूको उपस्थिति रहेको थियो।
अस्पताल पक्षको भनाइअनुसार चिकित्सा क्षेत्रमा उत्कृष्टताको लामो परम्परा र निरन्तर नवप्रवर्तनको प्रतिवद्धतासहित सीआरएच मोबाइल एपले बिरामीहरूलाई स्वास्थ्य सेवामा वास्तविक समय पहुँच, चिकित्सकहरूसँग सुलभ संवाद र डिजिटल स्वास्थ्य अनुभवलाई सरल बनाउने उद्देश्य राखेको छ। सीआरएच मोबाइल एप बिरामी र अस्पतालबीचको अन्तरलाई कम गर्ने धेरै सहज र प्रयोगकर्ता मैत्री सुविधाहरू प्रदान गर्ने रोगी रेन्द्रिक प्रविधि रहेको पनि अस्पकाल पक्षको दावी रहेको छ।
सीआरएच मोबाइल एप मार्फत चिकित्सकहरूको एपोइन्टमेन्ट, विभिन्न जाँचका अनलाइन रिपोर्ट, अनलाइन बील भुक्तानी, भिडियो परामर्श, सूचना एवं स्वास्थ्य संदेशहरू आदिको सुविध लिन सकिनेछ। अर्कोतिर आज डिजिटल प्रविधिको दिशामा अर्को महत्वपूर्ण कदम चाल्दै सेन्ट्रल रेफरल अस्पकालमा बिलिङ काउन्टर नजिक स्व. रेजिस्ट्रेशन कियोस्क स्थापना गरिएको छ, जसले बिरामीहरूलाई छिटो र सहज रुपमा चेक-इन गर्ने सुविधा प्रदान गर्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement