बौद्ध धर्मगुरु चौधौं दलाई लामा आगामी अक्टोबर महिनाको अन्ततिर सिक्किम भ्रमणमा आउने

His-Holiness-the-Dalai-Lama-at-his-residence-in-Dharamshala-on-Tuesday-Photo-OOHDL-1.jpg

गान्तोक: बौद्ध धर्मगुरु चौधौं दलाई लामा आगामी अक्टोबर महिनाको अन्ततिर सिक्किम भ्रमणमा आउने मुख्यमन्त्री प्रेमसिंह तामाङले जानकारी गराएका छन्। मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी साझा गरेका छन्। सिक्किमेली जनताको पक्षबाट धर्म विभागका मन्त्री सोनाम लामाको नेतृत्वमा रहेको सिक्किम सरकारको एउटा प्रतिनिधि टोलीले दलाई लामा सित भेटघाट गरेर सिक्किम भ्रमणमा आउने निम्तो दिएका थिए। यसै नियन्त्रणलाई स्वीकार गर्दै दलाई लामा अक्टोबर महिनाको अन्ततिर सिक्किम भ्रमणमा आउने निधो भएको जानकारी प्राप्त भएको छ।
चौधौं दलाई लामाले सिक्किम भ्रमण निम्तो स्वीकार गरेको जानकारी दिंदै राज्यका मुख्यमन्त्रीले खुशी व्यक्त गरेका छन्। दलाई लामाको भ्रमण सिक्किमका मानिसहरूका लागि एउटा ठूलो सौभाग्य हुने मुख्यमन्त्रीको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement