मंगन: मंगन जिल्ला जिल्ला पञ्चायतले आज सिक्किम राज्य स्थापनाको ५० वर्षअन्तर्गत जिल्लास्तरीय कार्यक्रम आयोजना गर्योञ। कार्यक्रममा सिक्किम सरकारका शहरी विकास, खाद्य तथा नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राई मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चा साथै वन तथा पर्यावरण विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाको पनि उपस्थिति रहेको थियो। जिल्ला पञ्चायत अध्यक्ष कादो लेप्चा, जिल्ला उपाध्याक्ष सोनाम किपा भोटिया, सम्पूर्ण जिल्लाका जिल्ला तथा ग्राम पञ्चायत सदस्यहरू, लाचेन र लाचुङका पिपन, जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक र अधिकारीहरू उपस्थित थिए। इन्जिनियर छिरिङ लेप्चाले सिक्किमको ऐतिहासिक पृष्ठभूमिमाथि पावर पोइन्ट प्रस्तुतीकरण दिए। जसमा मंगन जिल्लामा विशेष ध्यान केन्द्रित गरिएको थियो। यसपछि जुनियर इन्जिनियर प्रशान्त प्रधानले जिल्ला पञ्चायतको उपलब्धि र यसको ऐतिहासिक यात्राबारे प्रकाश पारे। यसबीच एकलव्य मोडेल आवासीय विद्यालय स्वयमका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। कार्यक्रमको दोस्रो भागमा सब्लेटिङ लाइसेन्ससम्बन्धी राज्य सरकारले हालै गरेको निर्णयबारेमा छलफल गरियो। जिल्ला योजना अधिकारी कर्मा थेन्डुप भोटियाले सिक्किममा व्यापार लाइसेन्सको सब्लेटिङमाथि प्रस्तुति दिए। साथै कानुनी पृष्ठभूमिमाथि जानकारी गराए।