डिजिटलाइजेशनको दिशामा सिक्किम एकादेमीः पस्तकलाय व्यवस्थापनमाथि राष्ट्रीयस्तरको कार्यशाला आयोजना गर्ने

IMG-20250520-WA0246

गान्तोक: सिक्किम अकादेमीले राजधानीको मनन केन्द्रमा अवस्थित आफ्नो पुस्तकलायलाई डिजिटलाइजेशन तथा अटोमेशन गर्ने प्रक्रिया अघि बड़ाइरहेको छ। यसको निम्ति अकादेमीले लाइब्रेरी विशेषज्ञ नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङकी लाईब्रेरियन डा. दिना सुब्बाको सहयोग लिइरहेको छ। डा. सब्बाकीअनुसार कोहा लाइब्रेरी सफ्टवेयरको प्रयोग गरेर सिक्किम अकादेमीको पुस्तकालयलाई डिजिटलाइजेशन गर्ने काम भइरहेको छ। यस बीच दिनदिनै अध्ययन संस्कार हराउँदै गइरहेको सिक्किमे समाजमा पुस्तकालयको सान्दर्भिकतालाई कायम राख्न सिक्किम अकादेमीले पुस्तकलायको डिजिटलाइजेशन बारे पाँच दिने राष्ट्रीयस्तरको कार्यशाला नै आयोजना गर्ने निर्णय लिएको अकादेमीका अध्यक्ष एसआर सुब्बाले जानकारी गराएका छन्।
कार्याशाला आगामी २७ देखि ३१ मईसम्म राजधानी गान्तोकको ग्रीनडेल स्कूल परिसरस्थित टेकी पाण्डा-मा सम्पन्न हुनेछ। भोकल फर लोकल अर्थात स्थानीयहरूलाई प्राथमिकता दिने एकादेमीको सोच रहेको तर स्थानीय लाइब्रेरियनहरूको उत्साहजनक सहभागिता नरहेको अध्यक्ष सुब्बाको भनाइ रहेको छ। कार्याशालामा अङ्शग्रहण गर्न राज्य साथै राज्यबाहिरका लाइब्रेरियनहरूले अगावै पञ्जीकरण गरिसकेको जसमा अधिकतर राज्य बाहिरका रहेको उनको भनाइ रहेको छ। कार्याशालामा राष्ट्रीयस्तरमा पुस्तकालयका विशेषज्ञहरू साथै कोहा लाइब्रेरी सफ्टवेयर-का तक्निकी जानकारको उपस्थिति रहने डा. दिना सुब्बाको भनाइ रहेको छ। कोहा सफ्टवेयरको प्रयोगले पुस्तकलायको व्यवस्थापनलाई डिजिटलाइजेशन गरेको खण्डमा पुस्तकालयलाई आधुनिक स्वरुप दिन सकिने उनको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement