जीतको साथ सीजनको समापन गर्न सफल राजस्थान रोयल्स

IMG-20250520-WA0249

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को ६२औं म्याचमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गऱ्यो। यसरी सञ्जु सेमसनको कप्तानीमा रहने टीम जीतको साथ निराशाजनक सीजनको अन्त गर्न सफल भयो। आईपीएल पोइण्ट्स टेबलमा ८ पोइण्ट्सको साथ नवौं स्थानमा रहने रोयल्सले यस सीजनमा १४ वटा म्याच खेलेर केवल ४ वटा जीत हासिल गऱ्यो। यसरी चेन्नई १३ वटा म्याचमा ६ पोइण्ट्सको साथ दशौं स्थानमा रह्यो। अरुण जेटली स्टेडियममा मंगलवार टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनायो। ओपनर आयुष म्हात्रेले ४३ र डेवाल्ड ब्रेविसले ४२ रन बनाए। शिवम दुबेले ३९ रनको योगदान दिए। ब्रेविसले २५ बल खेलेर ३ वटा छक्का र २ वटा चौका लगाए। कप्तान धोनी १६ रन बनाएर आउट भए। रोयल्सका बलरहरूमा युधवीर सिंहले सर्वाधिक ३ विकेट लिए। जवाफमा रोयल्सले १७.१ ओभरमा ४ विकेटमा १८८ रन बनाएर म्याच जित्यो। वैभव सूर्यवंशीले ४ वटा छक्का र ४ वटा चौकाको साथ ३३ बलमा सर्वाधिक ५७ रन बनाए। यसबाहेक कप्तान सञ्जु सेमसनले ४१, ओपनर यशस्वी जयसवालले ३६ र ध्रुव जुरेलले अविजित ३१ रन बनाए। जुरेलले १२ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। चेन्नईका बलरहरूमा रविचन्द्रन अश्विनले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement