आईपीएल प्लेअफ्-को संशोधित कार्यक्रम घोषित, फाइनल अहमदाबादमा

IMG-20250520-WA0242

नयाँ दिल्ली: बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड) ले आईपीएल २०२५-को प्लेअफ्-को संशोधित कार्यक्रम घोषित गऱ्यो। अब फाइनल म्याच कलकत्ताको ईडन गार्डन्समा नभएर अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। भारत र पाकिस्तानबीच तनाउले गर्दा आईपीएलको जारी सीजन एक हप्ताको निम्ति स्थगित भएको थियो, जुन १७ मईदेखि फेरि शुरु भइसकेको छ। बीसीसीआईले रहल म्याचहरूको निम्ति संशोधित कार्यक्रम घोषणा गरे पनि फाइनलसहित प्लेअफ्-को स्थानहरूको चाहिँ घोषणा गरिएको थिएन। बीसीसीआईको संशोधित कार्यक्रम अनुसार, न्यू चण्डीगढ़को पीसीए स्टेडियममा २९ मईमा क्वालीफायर १ र ३० मईमा एलिमिनेटर म्याचको आयोजन गरिनेछ। यसरी अहमदाबाद स्थित विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा १ जूनमा क्वालीफायर २ र ३ जूनमा फाइनल म्याचको आयोजन गरिनेछ। पुरानो कार्यक्रम अनुसार, हैदराबाद र कलकत्तामा प्लेअफ् म्याचहरूको आयोजन गरिनु थियो।
आईपीएल सञ्चालन परिषदले मौसम र अन्य कारणहरूले गर्दा प्लेअफ् र फाइनलको स्थान बद्लिएको छ। यसबाहेक आरसीबी र सनराइजर्स हैदराबादबीच बेंगलुरुमा खेलिने म्याचको स्थान पनि ब‌द्लिएको छ। आरसीबी र सनराइजर्सबीच आईपीएलको ६५औं म्याच अब लखनऊको एकाना स्टेडियममा खेलिनेछ। बेंगलुरुको खराब मौसमलाई ध्यानमा राखेर म्याच लखनऊ स्थानान्तरित गर्ने फसेला गरिएको छ। भारतीय मौसम विभागले बिहीवारसम्म बेंगलुरुमा ओरेञ्ज अलर्ट जारी गरेको छ। यसैकारण सञ्चालन परिषदले अन्तिम समयमा म्याचको स्थान बद्लिनु पऱ्यो। यसको साथमा सञ्चालन परिषदले २० मईदेखि ग्रुप चरणका रहल म्याचहरूको निम्ति अतिरिक्त एक घण्टा जोड़ेको छ। यसले गर्दा म्याच ढिलो गरी शुरु भए पूरा म्याचको निम्ति अतिरिक्त एक घण्टा उपलब्ध हुनेछ। आईपीएलको जारी संस्करणमा अहिलेसम्म ३ वटा म्याच वर्षाले गर्दा रद्द गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement