पन्तले आफ्नो दृष्टिकोणमा सामान्य फेरबदल गर्ने आवश्यकता रहेको आकाश चोपड़ाको परामर्श

IMG-20250520-WA0241

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर आकाश चोपड़ाको भनाइअनुसार, रिषभ पन्तले टी२० क्रिकेटमा आफ्नो दृष्टिकोण पुनर्मूल्यांकन गर्ने आवश्यकता छ कारण उनले आईपीएलको दुःस्वप्न सीजनमा भारतको टी२० सेटअपमा स्थान बनाउने एउटा महत्त्वपूर्ण मौका गुमाए। भारतीय टी२० टीममा नियमित रूपले सामेल नहुने पन्तबाट यस सीजनमा छाप छोड़्ने आशा गरिएको थियो। आईपीएलको मेगा लिलामीमा लखनऊ सुपर जाइण्ट्सबाट २७ करोड़ रुपियाँको रेकर्ड बोली हासिल गर्ने पन्तले पछिबाट १२ वटा म्याचमा १३५ रन मात्र बनाउन सके। सोमवार सनराइजर्स हैदराबादविरुद्ध हारपछि लखनऊको टीम प्लेअफ्-को रेसबाट बाहिर भयो। चोपड़ाले भने, सफलताले तपाईंलाई धेरै कुराहरू सिकाउन सक्छ तर असफलताले वास्तवमा तपाईंको मानसिकता बद्लिन्छ अनि अधिकांश समय नै राम्रोको निम्ति। भारतीय टी२० टीममा नियमित नभएको हुनाले पन्तको निम्ति यो सीजन महत्त्वपूर्ण थियो। उनीसँग छाप छोड़्ने अनि एउटा मजबूत एकाई बनाउने मौका थियो तर त्यस्तो हुन सकेन। उनको आफ्नै फर्म चिन्ताजनक रह्यो अनि यो पनि एउटा शिक्षा हो।
पूर्व क्रिकेटरले भने, खराब समय चलिरहेको समय केही पनि काम गरेको जस्तो लाग्दैन। दिन र रात दुवै लामो भएको जस्तो लाग्छ। यो एउटा खराब सपना जस्तो हुन्छ। त्यसपछि तपाईंले गल्तीहरू सुधार गरेर पुनरागमन गर्नु हुन्छ। खराब सपनाको एउटा कुरा राम्रो छ अनि त्यो हो तपाईं अन्तमा जाग्नु हुन्छ। एलएसजी-को टीम पन्तमाथि निर्भर थियो, विशेषगरी मीडलअर्डरमा। मार्शलाई छोड़ेर अन्य कसैले पनि वास्तवमा रन बनाउन सकेनन्। पन्त शुरुदेखि नै अनिश्चित देखिए अनि यस सीजनमा उनलाई आत्मविश्वासी देखिएन। यही खेलाड़ीको खराब फर्मको संकेत हो। उनी एकजना असाधारण खेलाड़ी हुन् अनि चाँड़ै असल प्रदर्शन गर्नेछन्। यसको निम्ति उनले केवल आफ्नो दृष्टिकोणमा सामान्य बद्लाउ गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement