भारी मात्रामा हेरोइन जफत

IMG_20220914_201605.jpg

आइजोल: बुधवार बिहान भारी मात्रामा हेरोइन मिजोरम पुलिसको सीआईडी (स्पेशल ब्राञ्च) ले जफत गरेको छ। सीआईडीका एक अधिकारीले जानकारी गराएका छन्, जफत गरिएको हेरोइनको अन्तरराष्ट्रिय बजार मूल्य लगभग ६.४६ करोड़ रूपियाँ छ। कमाल हुसैन नाम गरेको एक ड्रग्स तस्करलाई हेरोइनको साथ पक्राउ गरिएको छ। उसको कब्जाबाट १.२९२ किलो हेरोइन उद्धार गरिएको छ।
सीआईडी अधिकारी अनुसार, गुप्त सूचनाको आधारमा अपराध जाँच विभाग (विशेष शाखा) को एक टीमले आज बिहान आइजोलको सेलिङ क्षेत्रमा रेड गऱ्यो। यस अवधिमा एउटा गाड़ीलाई रोकेर तलाशी लिइयो। वाहनबाट ९९ साबुनदानीबाट १.२९२ किलो हेरोइन जफत गरियो। वाहन चालक कमाल हुसैनलाई पक्राउ गरी सीआईडी कार्यालय लगियो। उसले स्वीकार गरेको आधारमा पुलिसले प्राथमिकी दर्ता गरी कमाललाई पक्राउ गऱ्यो। आरोपितसित सोधपुछ जारी छ ताकि यस मामिलामा सामेल अन्य व्यक्तिहरूबारे पत्तो लगाउन सकियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement