सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान मणिराज डुम्जनले गाडीधुराको ग्रेस एकाडेमीलाई सहयोग

IMG-20250520-WA0202(1)

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान मणिराज डुम्जनले गाडीधुराको ग्रेस एकाडेमीलाई सहयोग प्रदान गरेका छन्। प्राप्त जानकारी अनुसार गत शनिवार आएको हावा पानीले यहाँको एक प्रतिष्ठित विद्यालय ग्रेस एकाडेमीलाई क्षति पुऱ्याएको थियो। घटनाको खबर पाएपछि स्थानीय भागोप्रमो प्रतिनिधिहरूको आग्रहमा पञ्चायत प्रधान मणिराज डुम्जनले विद्यालयको भ्रमण गरेर विद्यालयलाई सहयोग प्रदान गरे। यसबारे जानकारी दिँदै स्थानीय पार्टी प्रतिनिधि निरज रूम्बा अनि विद्यालयकी निर्देशक रमिता प्रधानले सहयोगको निम्ति पञ्चायत प्रधानप्रति कृतज्ञता व्यक्त गरेका छन्। यस अवधि पञ्चायत प्रधान मणिराज डुम्जनले यस विद्यालय क्षेत्रको एक प्रतिष्ठित विद्यालय रहेको तथा यहाँ विपन्न परिवारका धेरै नानीहरूलाई निःशुल्क शिक्षा दिने गरेको जनाउँदै आफू क्षेत्रको एक जनप्रतिनिधि भएकोले तथा अभिभावक भएकोले आफ्नो जिम्मेवारीलाई पालन गर्दै विद्यालयलाई सहयोग प्रदान गरेको जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement