सलेशियन कलेज सोनादा अटोनमसका विद्यार्थीहरुद्वारा वेब एप्लिकेशनहरुको निर्माण

IMG-20250520-WA0199

सोनादा: सलेशियन कलेज सोनादा अटोनमसका विद्यार्थीहरुले तीनवटा यस्तो वेब एप्लिकेशनहरुको निर्माण गरेका छन् जसले विभिन्न क्षेत्रहरूमा मानिसहरूलाई सुविधा दिनेछ। कलेजका विद्यार्थीद्वय एञ्जल थामी अनि मो. साहिलले आफ्नो पाठ्यक्रमको परियोजना अन्तर्गत होप भेल्ली टी नामक वेबसाइट एप्लिकेशनको निर्माण गरेका छन् जसले चियाबगान कर्मचारीहरूलाई लेखाजोखा गर्न धेरै सुविधा हुने विद्यार्थीहरुले जानकारी दिएका छन्। अर्को वेबसाइटको निर्माण साङ्डोमा लामा अनि लाक्पा डेन्डी शेर्पा विद्यार्थीहरुद्वारा गरिएको छ। उनीहरूले मेडीब्रीज नामक वेबसाइट स्वास्थ्य सम्बन्धी दवाईहरुको सुविधानुरुप बेचबिखनका निम्ति निर्माण गरेको बताएका छन्। अर्कोतिर विद्यार्थीद्वय प्रियांसु छेत्री अनि वंश प्रधानले रेडियो सलेशियन सम्बन्धी वेबसाइट तयार पारेका छन्। यस वेबसाइटको सहायताले श्रोतावर्गले रेडियो सलेशियन सम्बन्धी जानकारी पाउन सक्नेछन्। स्मरण रहोस् यी सबै विद्यार्थीहरु सलेशियन कलेज सोनादा अटोनमसका बीसीए विभागका तेस्रो सत्रका विद्यार्थीहरु हुन् अनि यी सबै वेबसाइट एप्लिकेशनहरु उनीहरूले आफ्नो सत्रको परियोजना अन्तर्गत निर्माण गरेका हुन्। यस अघि पनि उक्त कलेजका विद्यार्थीहरुले ड्रोन, थ्री डी गेम, सर्ट मूवी आदिको निर्माण गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement