दुर्घटनाको सम्भावनाले गाडी कुदाउन खतरा
खरसाङ: खरसाङ बजारको मुटु मानिने मोटर स्ट्याण्डमा नै ठूलो प्वाँल परेको कारणले गाडी चलाचल साथै मानिसहरु हिँड्न पनि धेरै असुविधा भईरहेको छ। यहाँबाट नै धेरै गाडीहरु घुम्नु पर्ने हुन्छ तर मोटर स्ट्याण्डको माझ भागमा नै यस्तो ठूलो प्वाँल परेको कारणले गाडीहरु कुदाउन धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। यो प्वाँलले गर्दा गाडीहरु साथै खरसाङ ट्राफिक पुलिस प्रशासनलाई पनि धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। यो प्वाँलको कारणले कुनै समय दुर्घटना हुन सक्ने सम्भावना देखिएको छ। यो प्वाँल विषयमा नगरपालिकामा जानकारी गराइएको र आएर निरीक्षण गरेको तर अहिलेसम्म यो मरमत्ति नभएको बताइएको छ। मोटर स्ट्याण्डमा रहेको यो प्वाँलले गाडी चालकहरुलाई धेरै असुविधा भईरहेको बताइएको छ। खरसाङको मोटर स्ट्याण्डमा रहेको यो प्वाँलले कुनै पनि समय दुर्घटना हुने सम्भावना देखिएको छ। यस विषयमा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीसित जानकारी लिन्दा मोटर स्ट्याण्डको यो प्वाँलले गाडीहरु कुदाउन चालकहरुलाई धेरै असुविधा भईरहेको र ट्राफिक पुलिसलाई पनि असुविधा भईरहेको बताएका छन्। उनले यो प्वाँलको कारण गाडी कुदाउन र स्थानीयहरुलाई धेरै असुविधा भईरहेकोले ट्राफिक पुलिसको तर्फबाट एउटा कोण राखिदिएको पनि बताएका छन्। उनले जनताको सुविधा साथै कुनै पनि दुर्घटना रोक्नलाई झट्टै मरमत्ति गरिदिने सम्बन्धित विभाग समक्ष निवेदन गरेका छन्।