नयाँ दिल्ली: लखनऊ सुपर जाइण्ट्सका स्पिनर दिग्वेश राठी र सनराइजर्स हैदराबादका ओपनिंग ब्याटर अभिषेक शर्मालाई सोमवार आईपीएल २०२५-को म्याचको अवधि मैदानमा तीखो बहसको निम्ति कठोर शास्ती दिइयो। यी दुईजना खेलाड़ीबीच सोमवार राति मैदानमा चर्को बहस भएको थियो। स्थितिलाई सम्हाल्न मैदानी अम्पायर र साथी खेलाड़ीहरूले मध्यस्थता गर्नु परेको थियो। वास्तवमा राठीले सनराइजर्सको ईनिंग्सको आठौं ओभरमा अभिषेकको विकेट हासिल गरेपछि उनलाई हातले इशारा गरेर जिस्काउनको साथै आफ्नो नोटबुक सेलिब्रेशन गरेका थिए। राठीले व्यवहारले अभिषेकले पनि रिसाएर केही भनेका थिए। यी लखनऊका कप्तान रिषभ पन्तले पनि हस्तक्षेप गर्नु परेको थियो। दुईजनाबीस तीखो बहस शुरु हुँंदा अम्पायरहरूका साथमा यस घटनाले गर्दा लखनऊको स्पिनर दिग्वेशको समस्या बढ़ेको छ। आईपीएल आचार संहिताको उल्लंघनको निम्ति दिग्वेशमाथि म्याच फीसको ५० प्रतिशत जरिमाना लगाइएको छ। यसको साथमा जारी सीजनमा अनुच्छेद २.५ अन्तर्गत लखनऊका स्पिनरको लेवल १-को यो तेस्रो अपराध हुनाले उनलाई २ डिमेरिट पोइण्टस पनि हासिल भयो। यसले गर्दा दिग्वेशमाथि एक म्याचको निलम्बन लगाइयो। एकाना स्टेडियममा भएको घटनालाई लिएर आईपीएलद्वारा जारी बयानमा भनिएको छ, यो यस सीजनमा अनुच्छेद २.५ अन्तर्गत दिग्वेश राठीको यो लेवल १-को तेस्रो अपराध हो। यसैकारण उनलाई २ डिमेरिट पोइण्ट्स प्राप्त भयो। यसअघि उनको खातामा ३ डिमेरिट पोइण्ट्स जमा थियो। यसमा १ अप्रेल २०२५-मा पञ्जाब किंग्सविरुद्ध १ डिमेरिट पोइण्ट र ४ अप्रेल २०२५-मा मुम्बई इण्डियन्सविरुद्ध २ डिमेरिट पोइण्ट्स सामेल छ। यसरी सीजनमा ५ डिमेरिट पोइण्ट्स पूरा भएको हुनाले दिग्वेशलाई एउटा म्याचको निम्ति निलम्बित गरिएको छ। दिग्वेशले अब लखनऊ सुपर जाइण्ट्सको तर्फबाट २२ मईमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध खेल्ने म्याचमा हिस्सा लिन सक्नेछैनन्।
यसरी नै सनराइजर्सका ब्याटर अभिषेक शर्मामाथि म्याचको अवधि आईपीएल आचार संहिताको उल्लंघनको निम्ति म्याच फीसको २५ प्रतिशत जरिमाना लगाइयो अनि एक डिमेरिट पोइण्ट पनि दिइयो। यो आईपीएल आचार संहिताअन्तर्गत उनको पहिलो अपराध थियो। आईपीएलको बयानमा भनिएको छ, सनराइजर्सका अलराउण्डर अभिषेक शर्मामाथि लखनऊ सुपर जाइण्ट्सविरुद्ध म्याचको अवधि आईपीएल आचार संहिताको उल्लंघनको गरेकोमा म्याच फीसको २५ प्रतिशत जरिमाना लगाइएको छ। यो यस सीजनमा अनुच्छेद २.५ अन्तर्गत उनको पहिलो केवल १ अपराध थियो। यसैकारण उनको खातामा १ डिमेरिट पोइण्ट जोड़िएको छ।