नक्कली परीक्षार्थी पक्राउ

15-41-55-56886078-2c3d-4f32-8bdb-b5a6ea51f914-1024x576.jpg

सिलगढी। फेरि एकजना नक्कली परीक्षार्थी सिलगढीबाट पक्राउ परेको छ। पक्राउ पर्ने नक्कली परीक्षार्थीको नाम सागर साहा बताइएको छ। प्राप्त जानकारीअनुसार फूलबारी १० नम्बर बटालियनको जलपाइगढी स्पेसल रिक्रूटमेन्ट बोर्डको अन्टरभ्यूमा हिजो एकजना युवक अर्काको नाममा परीक्षा दिन आइपुगेका थिए. परीक्षकहरूले युवकको व्यवहार तथा हाउ-भाव देखेर शङ्का लागेपछि तिनलाई सोधखोज गर्दा असली तथ्य अघि आएको बताइएको छ। यस घटनाको जानकारी पुलिसलाई दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई पक्राउ गरे। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *