हर्षल पटेलको आईपीएलमा १५० विकेट पूरा

IMG-20250520-WA0151

लखनऊ: इण्डियन प्रीमियर लीग (आईपीएल)-मा १५० विकेट लिने कीर्तिमान हासिल गर्ने बलरहरूमा भारतका हर्षल पटेलले सबैभन्दा कम्ती बलमा यस उपलब्धिलाई हासिल गरी शीर्ष स्थान प्राप्त गरेका छन्। लखनऊ सुपर जाइण्ट्सका ओपनर एडेन मार्करमलाई धीमा यर्करद्वारा बोल्ड गर्नको साथै उनले यस उपलब्धिलाई हासिल गरे। हर्षलको यस रेकर्डले उनी लगातार विकेट लिनमा मात्र दक्ष नभएर आफ्नो बलिंगद्वारा टीमको निम्ति निर्णायक भूमिका पनि निर्वाह गर्छन् भन्ने दर्शाउँछ। यस उपलब्धिको साथ हर्षलले लसिथ मलिंगा र युजवेन्द्र चहल जस्ता दिग्गज बलरहरूलाई पछि छोड़ेर उनी आईपीएलका सबैभन्दा प्रभावशाली बलरहरूमा एक रहेको साबित गरेका छन्।
हर्षलले आईपीएलमा २३८१ बलमा आफ्नो १५० विकेट पूरा गरे। उनको विविधतापूर्ण बलिंग र डेथ ओभरहरूमा कम्ती रन खर्च गर्ने विशेषताले उनलाई यस सूचीको शीर्षमा पुऱ्याएको छ। सबैभन्दा कम्ती बलमा १५० आईपीएल विकेट लिने बलरहरूका सूचीमा श्रीलंकाका लसिथ मलिंगा दोस्रो स्थानमा छन्। आफ्नो घातक यर्करहरूले गर्दा चिनिने यस पेस बलरले २४४४ बलमा यस उपलब्धिलाई हासिल गरेका थिए। यसरी चतुऱ्याईंको साथ बलिंग गर्ने स्पिनर चहलले २५४३ बलमा १५० आईपीएल विकेट पूरा गरेका थिए। सूचीको चौथो स्थानमा वेष्ट इण्डिजका पेस बलिंग अलराउण्डर ड्वेन ब्राभो छन्, जसले २६५६ बलमा यस उपलब्धिलाई हासिल गरेका थिए। यसरी दिग्गज भारतीय पेस बलर जसप्रीत बुमराहले यस उपलब्धिलाई २८३२ बलमा हासिल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement