बलरहरूका प्रदर्शनसँग निराश लखनऊका कप्तान रिषभ पन्त

IMG-20250520-WA0139

लखनऊ: लखनऊ सुपर जाइण्ट्स आईपीएल २०२५-को ६१औं म्याचमा सोमवार सनराइजर्स हैदराबादविरुद्ध पराजित भएर प्लेअफ्-को रेसबाट बाहिर भयो। म्याच समाप्त भएपछि लखनऊको कप्तान रिषभ पन्तले यसबारे आफ्नो विचार व्यक्त गरे। उनले भने, यो निश्चित रूपले हाम्रो सर्वश्रेष्ठ सीजनहरूमा एउटा हुन सक्थ्यो तर टुर्नामेण्टमा आउन अघि हामीसँग धेरै अन्तराल थियो, चोट थियो अनि एउटा टीमको रूपमा हामीले यसबारे कुरा नगर्ने फसेला गऱ्यौं। टुर्नामेण्टमा ओर्लिएपछि हाम्रो निम्ति ती अन्तरालहरूलाई भर्नु मुश्किल भयो। लिलामीको योजना अनुसार हामीले ती बलरहरूलाई पाएनौं तर यो क्रिकेट हो। यस खेलमा कहिले-काहीँ कुराहरू तपाईंको अनुकूल रहन्छ जबकि कहिले केही पनि सही रहँदैन। जे भए पनि हामीलाई आफ्नो खेलमाथि गर्व छ अनि यस सीजनबाट नकारात्मक पक्षको तुलनामा सकारात्मक पक्षलाई लिएर अघि बढ़्नेछौं।
पन्तले भने, हामीसँग एउटा मजबूत ब्याटिंग लाइन अप रहेको छ, जसमा पर्याप्त मारक क्षमता छ। यो यस सीजनको सबैभन्दा सकारात्मक पक्ष रह्यो। यसबाहेक बलरहरूले धेरैपल्ट असल क्षेत्रमा बलिंग गरे तर धेरैपल्ट खराब क्षेत्रमा पनि। आज पनि मलाई हामीले १० रन कम्ती बनाएको अनुभव भयो कारण विकेट असल रहेको थियो। यसबाहेक हामीले फेरि निरन्तरता देखाउन सकेनौं। दबाउमा बलरहरूले आशानुरुप प्रदर्शन गर्न सकेनन्। लखनऊका कप्तानले भने, सीजनको पहिलो हिस्सा हाम्रो निम्ति असल रह्यो तर दोस्रो भागमा सन्तुलित टीमहरूसँग गति कायम राख्नु कठिन हुन्छ। बलरहरूमा राठीले हाम्रो निम्ति असल प्रदर्शन गरे। यो उनको पहिलो सीजन थियो। उनको बलिंग हाम्रो निम्ति सकारात्मक पक्ष रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement