थाइल्याण्ड खुल्ला अन्तरराष्ट्रिय बक्सिङ टुर्नामेन्टमा याशिका राईले भाग लिने

IMG-20250328-WA0028

गान्तोक: आगामी २२ मईदेखि २ जून २०२५ सम्म ब्याङ्कक, थाइल्याण्डमा आयोजन हुने प्रतिष्ठित थाइल्याण्ड खुल्ला अन्तरराष्ट्रिय बक्सिङ टुर्नामेन्टमा सिक्किमकी बक्सर याशिका राईले भाग लिने छिन्।
नाम्ची निवासी याशिकाले राज्य र राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् भने अब उनी अन्तरराष्ट्रिय मञ्चको निम्ति तयार भएकी छिन्।
सिक्किम अमेच्योर बक्सिङ एसोसिएशनले याशिका राईको उपलब्धिप्रति हर्ष प्रकट गरेको छ। नाम्चीदेखि अन्तरराष्ट्रिय रिङसम्म याशिकाको यात्रा फोकेस, कडा परिश्रम र जोशको जल्दोबल्दो उदाहरण रहेको एसोसिएशनले बताएको छ। एसोसिएशनले सम्पूर्ण राज्य अनि देश याशिकाको पछिाडि रहेको बताउॅंदै उनलाई आत्मविश्वास र साहसका साथ रिङमा प्रवेश गर्न प्रोत्साहित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement