सनराइजर्सको ६ विकेटले जीत, लखनऊ प्लेअफ्-को रेसबाट बाहिर

IMG-20250520-WA0003

लखनऊ: आईपीएल २०२५-को ६१औं म्याचमा सनराइजर्स हैदराबादले लखनऊ सुपर जाइण्ट्सलाई ६ विकेटले पराजित गऱ्यो। यस हारको साथै लखनऊको टीम प्लेअफ्-को रेसबाट बाहिर भयो। सनराइजर्स अगावै प्लेअफ्-को रेसबाट बाहिर भइसकेको छ। आईपीएल पोइण्ट्स टेबलमा लखनऊ अहिले १२ वटा म्याचमा १० पोइण्ट्सको साथ सातौं र सनराइजर्स ९ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। सोमवार एकाना स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनायो। ओपनरद्वय मिचेल मार्श र एडेन मार्करमले क्रमशः ६५ र ६१ रन बनाए। यसमा मार्शले ३९ बल खेलेर ६ वटा चौका र ४ वटा छक्का लगाए। यसरी मार्करमले ३८ बल खेलेर ४ वटा छक्का र ४ वटा चौका लगाए। यी दुई बाहेक निकोलस पूरनले ६ वटा चौका र एउटा छक्काको साथ २६ बलमा ४५ रन बनाए। सनाइजर्सका बलरहरूमा एशान मलिंगाले २ विकेट लिए। जवाफमा सनराइजर्सले १८.२ ओभरमा ४ विकेटमा २०६ रन बनाएर म्याच जित्यो। अभिषेक शर्माले सर्वाधिक ५९ रन बनाए। उनले २० बल खेलेर ६ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक हेनरिक क्लासेनले ४७, ईशान किशनले ३५ र कामिण्डु मेण्डिस (रिटायर्ड हर्ट)-ले ३२ रनको योगदान दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement