लण्डन: ईंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्सले चीरप्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्ध आउँदो एशेज सीरीजको निम्ति तयार हुने प्रयासमा आफ्नो खुट्टाको मांसपेशीको चोटको पुनर्वासको अवधि मदपान गर्न छोड़ेका छन्। यस दिग्गज क्रिकेटरको भनाइअनुसार, उनले यस सालकको शुरुवातमा मदपान गर्न छोड़ेका थिए कारण उनलाई यसले गर्दा चोटमुक्त हुने प्रक्रियामा फाइदा पुग्ने आशा छ। स्टोक्सलाई न्यूजील्याण्डविरुद्ध तेस्रो टेस्ट म्याचको अवधि चोट लागेको थियो। त्यसपछि उनले दिसम्बरमा देब्रे खुट्टाको मांसपेशीको सर्जरी गराएका थिए। यसले गर्दा उनी लामो समयसम्म खेलबाट बाहिर भएका थिए। स्टोक्सले अनटेप्ड पोडकास्टमा भने, आफ्नो पहिलो ठूलो चोटको यादहरू अहिले पनि मेरो मनमा ताजा छ। त्यस समय म यो कसरी भयो भन्ने सोचिरहेको थिएँ। त्यस समय हामीले ४-५ रात अघि सामान्य मदपान गरेका थियौं तर के यसको असर हुन्छ भन्ने प्रश्न मनमा आयो। यसले केही फाइदा हुन्छ जस्तो मलाई लागेन। यसैकारण म अहिले जे पनि गरिरहेको छु त्यसलाई बद्लिन जरूरी रहेको मलाई अनुभव भयो। स्टोक्सलाई गत वर्ष द हण्ड्रेड टुर्नामेण्टको अवधि खुट्टाको मांसपेशीमा चोट लागेको थियो अनि न्यूजील्याण्डविरुद्ध टेस्ट सीरीजमा उनलाई फेरि चोट लागेको थियो। उनले भने, यसबाट (मदपान) आफूलाई सम्पूर्ण रूपले टाढ़ा राख्न सक्नेछु जस्तो लाग्दैन तर मैले २ जनवरीपछि मदपान गरेको छुइनँ। चोटको उपचार पूरा भएर मैदानमा नफर्किञ्जेलसम्म मदपान नगर्ने मैले अठोट गरेको छु।