पाकिम: पाकिम जिल्लाको मत्स्यपालन विभागले प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत कार्यान्वयन भइरहेका परियोजनाहरूको प्रगति समीक्षा गर्न एक अभियान शुरू गरेको छ। मत्स्यपालन विभागकी सहायक निर्देशक गौरी मुखियाको नेतृत्वमा शुरू गरिएको यस अभियानमा खण्ड अधिकारी, मत्स्यपालन गार्ड र अन्य अधिकारीहरू सामेल रहेका थिए।
टोलीले बायोफ्लक माछा पालन एकाइहरूको चलिरहेको कामको अनुगमन गर्न माङथाङ, डुगा र कमेरेको भ्रमण गऱ्यो। यस परियोजनालाई विभागको तर्फबाट ६० प्रतिशत सब्सिडी सरहायता प्रदान गर्दै विकास गरिरहेको छ भने यसको मुख्य उद्देश्य आधुनिक अनि दिगो जलिय कृषि प्रथालाई बढावा दिनु रहेको हो। यस बाहेक अधिकारीहरूले कमेरेमा माछा कियोस्क निर्माणको निरीक्षण गऱ्यो जसको लागत १० लाख रहेको छ। उक्त योजना अन्तर्गत किसानहरूलाई ६० प्रतिशत सव्सिडी प्रदान गरिएको छ।
कियोस्कको माध्यमद्वारा किसानहरूलाई माछा बिक्री गर्न बजारसम्म सुविधा प्रदान गर्नको साथै उनीहरूको आयस्रोतमा वृद्धि गर्नको निम्ति विभिन्न प्रकारको सहुलित प्रदान गर्ने योजना रहेको छ। यस अवसरमा मतस्य पालन विभागका सहायक निर्देशकले रम्फू चेकपोस्टमा रहेको मत्सयपालन केन्द्रको पनि निरीक्षण गऱ्यो। निरीक्षणको क्रममा टोलीले माछा आयातको तथ्याङ, आयस्रोत रेकर्ड लगायत अन्यबारेमा पनि जानकारी लिएके बताइएके छय़।