गान्तोक: मेराथन म्यान अफ् सिक्किमको नामले चिनिने धावक अमर सुब्बाले प्रतिष्ठित तेञ्जिङ हिलेरी एभरेस्ट मेराथन २०२५मा सहभागिता जनाउने भएका छन्। यसको निम्ति उनी हिजो नै नेपालको राजधानी काठमान्डौं पुगेका छन्। यो मेराथन आगामी २९ मईको दिन सम्पन्न हुनेछ जसमा विश्वका ३५ वटा देशका जम्मा २८० जना धावकले सहभागिता जनाउने छन्।
उल्लेखनीय छ, अमर सुब्बा दोस्रोपल्ट एभरेस्ट मेराथनमा दौड़न गाइरहेका हुन्। यस अघि २०१७मा उनले पहिलोपल्ट यस प्रतिष्ठित दौड़मा भाग लिएका थिए।