मंगन: मंगन जिल्लाको पर्यटन एवं नागरिक उड्डयन विभागको पहलमा आज प्रवासी, भिसा, विदेशी पञ्जीकरण र ट्र्याकिङ सिस्टम फार्म सी-लाई लिएर एक सचेतना कार्यक्रम आयोजना गरियो। यल अवसरमा अतिरिक्त निर्देशक अतिथि सत्कार नोर्बु छिरिङ, होमस्टे एवं आतिथ्यका वरिष्ठ सीएचए विकास राई लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए।
वरिष्ठ सीएचए विकास राईले आइभीएफआरटी सिस्टम अनि नयाँ एसआरटीटी नियम २०२४ माथि सरोकारवालाहरूसँग छलफल गरे।
यस कार्यक्रममा विशेष शाखा एवम एफएफआरओका प्रतिनिधि साथै स्रोतवक्ता टाशी नामग्याल भोटियाले फार्म सी-को कार्यान्वयनबारे तकनिकी रिपोर्ट प्रस्तुत गरे। आज सम्पन्न कार्यक्रममा पर्यटन अधिकारीहरू, एफएफआरओ अधिकारीहरू र सरोकारवालाहरू बीच फलदायी छलफलसँगै समापन भएको बताइएको छ।