राज्य दिवसको अवसरमा पाकिममा रक्तदान शिविर

IMG-20250519-WA0288

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठको अवसरमा पाकिम जिल्लाको सामुदायिक भवनमा एक दिवसीय रक्तदान शिविर आयोजना गरियो। पाकिम जिल्ला पञ्चायत कार्यालय र सिङ्गताम जिल्ला अस्पतालको रक्त केन्द्रको संयुक्त पहलमा डोनेट ब्लड एण्ड सेभ लाइफ- को थीममा आयोजित रक्तदान शिविरमा पाकिमका जिल्ला अध्यक्ष श्रीमती लाडेन ल्हामु भोटिया, अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।
विशेष गरेर रक्तदानको महत्व र सामुदायिक जिम्मेवारीबारे सचेत गराउने उद्देश्यले रक्तदान शिविरको आयोजना गरिएको हो। यस अवसरमा विभिन्न विभागका २५ जनाले रक्दान गरेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement