खरसाङ देवराली समष्टिका नारी शक्ति र युवा शक्तिद्वारा अनित थापाप्रति आभार प्रकट

IMG-20220914-WA0161.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको २८ नम्बर खरसाङ देवराली समष्टिको नारी शक्तिको सांगठनिक सचिव ललिता छेत्रीलाई पार्टीको स्थापना दिवसमा सम्बर्ध्दना जनाइएकोमा समष्टी प्रतिनिधिहरूले आभार प्रकट गरेका छन्। यस अवसरमा २८ नम्बर खरसाङ देवराली समष्टिका नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरूले ललिता छेत्रीको घरमै गएर बधाई तथा धन्यवाद दिएका छन्। यस अवसरमा २८ नम्बर खरसाङ देवराली समष्टिका नारी शक्तिका अध्यक्षा सुष्मा मुखिया, सदस्य गंगा थापा अनि युवा शक्तिबाट को-ओर्डिनेटर दिपेस थापा अनुप पाख्रीन लगायत अन्यहरू घरमै पुगेर ललिता छेत्रीलाई बधाई दिएका छन्। यस अवसरमा सबैले ललिता छेत्रीलाई खदार्पणसहित सम्बर्ध्दनाको लागि बधाई दिएका छन्। यसरी घरमै आएर बधाई दिएकोमा युवा शक्तिको समष्टि सांगठनिक सचिव ललिता छेत्रीले सबैलाई धन्यवाद दिएका छन्। यस अवसरमा युवा शक्तिबाट दिपेस थापा अनि नारी शक्तिबाट अध्यक्ष सुष्मा मुखियाले पार्टीको स्थापना दिवस कार्यक्रममा २८ नम्बर खरसाङ देवराली समष्टिका नारी शक्तिका सांगठनिक सचिव ललिता छेत्रीलाई पार्टीमा निष्ठापूर्वक खटेको भन्दै सम्बर्ध्दना जनाइएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा अनि पार्टीलाई समष्टीको पक्षबाट आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement