अपरेशन सिन्दूरको सफलतालाई लिएर दार्जिलिङमा त्रिरंगा यात्रा

IMG-20250519-WA0225

दार्जिलिङ: अपरेशन सिन्दूरको सफलताको प्रशंसा गर्न आज स्थानीयहरूले दार्जिलिङमा रेलवे स्टेशनदेखि चौरस्तासम्म “त्रियङ्गा जात्रा” र्‍याली निकाले। यो र्‍याली भारतीय सेनाले आतंककारीहरूलाई सफा गर्न गरेको प्रशंसनीय काम र पहलगाममा भएको हत्याको बदला लिन पाकिस्तानमा गरिएको आक्रमणको प्रशंसा गर्न गरिएको थियो। र्‍यालीमा राजनीतिक र गैरराजनीतिक दुवै संगठनहरूले भाग लिएका थिए।

यस अवसरमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले भने, “हाम्रा प्रधानमन्त्रीले आतंककारीहरूसँग लड्न लिएको निर्णय प्रशंसनीय छ। “हामी सबै ठाउँमा र ब्लकहरूमा पनि यस्ता र्‍यालीहरू निकाल्ने आशा गर्छौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement