सोनादा क्षेत्रका युवा गायक अमन गुरुङ नेपाल आइडलको मञ्चमा

IMG-20250519-WA0224

सोनादा: सोनादाको नयाँ कमान, सिमानाटार निवासी अमन गुरुङ अहिले नेपाल आइडलको मञ्चमा पुग्न सफल बनेका‌ छन्। पिता महेश गुरुङ र माता करुणा गुरुङको सुपुत्र अमन गुरुङ पहिलेबाटै खरसाङको लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा आयोजित नमस्ते आईडलको विजेता बनिसकेका छन्। अहिले सम्पूर्ण दार्जिलिङको ढुकढुकी बनेर नेपाल आइडलमा आफ्नो दमदार प्रस्तुति दिने सोनादा नयाँ कमान सिमानाटार निवासी अमन गुरुङ अहिले नेपाल आइडलको एक चम्किलो तारा बन्न पुगेका छन्। सम्पूर्ण दार्जिलिङलाई प्रतिनिधित्व गर्दै नेपाल आइडलमा आफ्नो स्थान बनाउने अमन गुरुङको आवाजलाई निर्णायक मण्डलीले पनि हृदयमा हात राखेर सुन्ने गर्छन् र हृदयबाट नै प्रशंसा पनि गर्छन्। उनी अहिले नेपाल आईडलको अडिशनमा चयन भएर दोस्रो चरणमा पुगेका छन्।सोनादाको नयाँ कमान, सिमानाटार निवासी अमन चियाबारीको छोरा मात्र नभएर सम्पूर्ण दार्जिलिङवासीको निम्ति पनि एउटा गहिरो नाता रहेको छोरा हुन्। यस पटक नेपाल आइडलमा पुगेका चियाबारीका छोरा अमन गुरुङलाई सम्पूर्ण दार्जिलिङवासी तथा देश विदेशमा रहेकाहरूले अवश्य माया र शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement