सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः सेण्ट रोबर्टस यल्लो क्वार्टर फाइनलमा

IMG-20220914-WA0158.jpg

१४ सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा सेण्ट रोबर्टस यल्लो टीमले क्वार्टर फाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा बुधवार सेण्ट रोबर्टस यल्लो-ले सुकिया हायर सेकेण्डरी स्कूललाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट छेवांग शेर्पा र नासिब राईले २-२ गोल गरे। सुकिया हायर सेकेण्डरी स्कूलका गोलकीपर निम छिरिंग तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement