सिविटार प्रशान्त छेत्रीले‌ सीबीएसई बाह्रौं श्रेणीको परीक्षामा ल्याए ८३ प्रतिशत

IMG-20250519-WA0222

तीनधारे: महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीमा‌ रहेको स्प्रिङ्डेल एकेडेमीको पूर्व विद्यार्थी प्रशान्त छेत्रीले यसपालीको सीबीएसईको बाह्रौं श्रेणीको परीक्षामा ८३ प्रतिशत अंकको साथमा परीक्षा उत्तीर्ण गरेका छन्।‌ सिविटार चियाबारी निवासी पिता सत्यवान छेत्री र माता अनु छेत्रीको सुपुत्र प्रशान्त छेत्रीले यसपालीको बाह्रौं श्रेणीको विज्ञान विषयमा परीक्षा सीबीएसई बोर्ड अन्तर्गत सिक्किमको सरकारी विद्यालय पीएम श्री टिकालाल निरौला सिनियर माध्यमिक विद्यालय सेन्ट्ररल पान्दाम, पाक्योङबाट दिएका थिए।‌ उनले यस परीक्षामा जम्मा ८३ प्रतिशत अंकको साथमा परीक्षा उत्तीर्ण गरेर आफ्नो परिवार गाउँ समाज र आफ्नो पूर्व स्कूल स्प्रिङडेल एकाडेमी सिविटारलाई गौरवान्वित तुल्याएका छन्। उनले अंग्रेजीमा ८३, भौतिक विज्ञानमा ७८, रसायन विज्ञानमा ८५, जीव विज्ञानमा ७८ र गणितमा ६४ अंक प्रशान्त छेत्रीले यसै स्कूलमा आफ्नो प्राथमिक शिक्षा चौथो श्रेणीसम्मको अध्ययन गरेका थिए। उनी यस स्कूलको पहिलो ब्याजको रुपमा २०१० सालमा भर्ना भएर २०१५ सालमा पास आउट भएका थिए। पूर्व विद्यार्थी प्रशान्त छेत्रीको यो उपलब्धिमा स्प्रिङ्डेल एकाडेमीका प्राचार्य शरणकुमार राईले बधाई दिन्दै आगामी दिनको शैक्षिक सत्रको लागि बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement