दार्जीलिङ माइनोरिटी सेलका प्रतिनिधिद्वारा दुधे क्षेत्रको भ्रमण

IMG-20250519-WA0220

खरसाङ: हिल तृणमूल कंग्रेस पार्टी अधीनस्थ रहेको दार्जीलिङ माइनोरिटी सेलको एक प्रतिनिधि टोलीले मध्य दुधे क्षेत्रको भ्रमण गरेको जानकारी प्राप्त भएको छ। यस भ्रमणावधि प्रतिनिधि टोलीले यस क्षेत्रका मानिसहरूले भोगिरहेका विविध समस्याहरूको बारेमा जानकारी लिएका थिए। यस आसयको जानकारी गराउँदै दार्जीलिङ जिल्लाका उपाध्यक्ष शराफल अलीले भने, यहाँका मानिसहरूको प्रमुख ज्वलन्त समस्याहरूमा पेयजलको समस्या, सार्वजनिक भवनको आवश्यकता तथा विधवाहरूको लागि आवासको समस्या आदि सामेल छन्। उनले भने, प्रतिनिधि टोलीले यहाँका मानिसहरूलाई आश्वासन दिएको छ कि यहाँका मानिसहरूले भोग्दै आइरहेका विविध समस्याहरूको बारेमा उनीहरूले सम्बन्धित विभागीय मन्त्रीलाई अवगत गराउने छन् अनि समस्या समाधानको दिशामा आवश्यक पहल अप्नाउनेछन्। उनले अन्त्यमा भने, यसै अवसरमा क्षेत्रका केही मानिसहरू तृणमूल कंग्रेस पार्टीमा सामेल पनि भए। प्रतिनिधि टीममा सेलका उपाध्यक्ष विशाल थापा पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement