साउथफिल्ड कलेज दार्जिलिङमा प्रा. सीबी राईको स्मृतिमा शोक सभा सम्पन्न

IMG-20250519-WA0209

दार्जिलिङ: साउथफिल्ड कलेज, दार्जिलिङले कलेजका सञ्चालक समिति अध्यक्ष तथा प्रख्यात शिक्षाविद् प्रा. सीबी राईको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक शोक सभा आयोजना गरेको छ। स्व प्रा. राईको स्वर्गारोहण गत १८ मईको दिन भएको थियो।कलेजको डेमियन हलमा आयोजित उक्त शोक सभामा कलेजका भारप्राप्त प्राचार्य डा रत्ना मिश्रा, प्राध्यापकगण, कर्मचारी, विद्यार्थीहरू उपस्थित थिए। सभामा प्रा. सीबी राईलाई श्रद्धाञ्जली व्यक्त गर्दै दुई मिनटको मौनधारण गरियो।
कार्यक्रममा कलेजका प्रा. डा. महेश प्रधानले प्रा सीबी राईको योगदानको स्मरण गर्दै भने, “प्रो. राई शिक्षाको क्षेत्रमा मात्र नभई सामाजिक सेवामा पनि उत्तिकै समर्पित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको मार्गदर्शनले साउथफिल्ड कलेजले थुप्रै उपलब्धिहरू हाँसिल गर्न सफल भएको छ।”


कार्यक्रमको अन्त्यमा स्व. प्रा. राईको आत्माको चिरशान्तिको कामना गर्दै सामूहिक श्रद्धाञ्जली अर्पण गरियो।
प्रा. सीबी राईको योगदानलाई साउथफिल्ड कलेजले सदैव कदर गर्नेछ र उनको स्मृति अमर रहनेछ भन्ने प्रतिबद्धता कलेज परिवारले व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement