प्रियाङ्कित लेप्चालाई डा. पवन चामलिङ अवार्ड प्रदान

IMG-20250519-WA0207

दार्जिलिङ: साउथफिल्ड कलेज, दार्जिलिङद्वारा प्रदान गरिने पवन चामलिङ शैक्षिक पुरस्कार कलेजकै राजनीतिशास्त्र विभागकी विद्यार्थी प्रियाङ्कित लेप्चालाई प्रदान गरियो। वर्षेनी उत्कृष्ट अङ्क एवं अन्य शैक्षिक क्रियाकलापमा सहभागितालाई हेरेर पवन चामलिङ पुरस्कार प्रदान गरिन्छ। वर्ष २०२४-२०२५ को निम्ति तीनजना छनौट भएका अब्बल विद्यार्थीहरूमा प्रियाङ्कित लेप्चा यो पुरस्कार जित्न सक्षम भएकी हुन्। उनलाई कलेजमा सम्पन्न विदाई कार्यक्रममा उक्त पुरस्कार कलेजकी प्राचार्य डा. अनुराधा राईको बाहुलीबाट प्रदान गरिएको छ। यस पुरस्कारमा एउटा प्रमाण पत्र, स्मृति चिन्ह र नगद राशी प्रदान गरिएको छ।
स्मरण गराइन्छ कि सिक्किम राज्यका भूतपूर्व मुख्यमन्त्री डा. पवन चामलिङ सन् २००८ मा साउथफिल्ड कलेजको एउटा कार्यक्रममा उपस्थिति दिन आएका थिए। त्यस समय उनले कलेजका विद्यार्थीहरूलाई भनेर एकमुष्ठ राशि प्रदान गरेका थिए। त्यही राशिबाट वर्षेनी एकजना विद्यार्थीलाई वर्षका श्रेष्ठ विद्यार्थी पुरस्कार दिने गरिन्छ। यसै कार्यक्रमा कलेजको सर्वश्रेष्ठ विभाग पुरस्कार पनि वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने भूगोल विभागलाई प्रदान गरियो। उक्त पुरस्कार प्रा सदिप प्रधानले आफ्नो दिवङ्गत पिता स्व. बि. के. प्रधानको नाममा प्रदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement