भूँइचालो जस्ता प्राकृतिक प्रकोपदेखि सुरक्षित राख्न अवैध निर्माणहरूमाथि कार्यवाही जरूरी: एडवर्ड
दार्जीलिङ: अवैध निर्माणहरूमाथि रोक लगाउनु पर्ने अजय एडवर्डले नगरपालिका र जिल्ला प्रशासन समक्ष गुहार लगाएका छन्। दार्जीलिङ प्रेस गिल्डमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले दार्जीलिङ नगरपालिका क्षेत्रहरूमा दिनो दिन निर्माण भई रहेको अवैध निर्माणमाथि रोक लगाउनु पर्ने दार्जीलिङ नगरपालिका र जिल्ला प्रशासन समक्ष गुहार लगाए। उनले भने, आफु सदर तीन नम्बर समष्टिबाट निर्वाचित भएको हुनाले आफु लगायत सभासद रोबर्ट छेत्री र सभासद प्रधान दार्जीलिङ नगरपालिकाको ३२ वटा वार्डहरू अन्तर्गत पर्ने भएको हुनाले दार्जीलिङ शहरमा बड्दो बिल्डिङहरूको निर्माणहरूको कारणले गर्दा भूँइचालो जस्ता प्राकृतिक आपदा आईपरेको खण्डमा धेरै नोक्सान हुनेछ। दार्जीलिङ नगरपालिकाको ३२ वटा वार्डहरूमध्ये १८ वटा वार्डहरूमा हाम्रो पार्टीले जीत हाँसिल गरेको हुनाले गर्दा दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड रहेको छ। त्यसरी नै दार्जीलिङ नगरपालिकामा गोजमुमो, भागोप्रमो, तृणमूल कांग्रेस आदिको पनि नगरपार्षदहरू रहेको हाम्रो पार्टी अध्यक्ष एडवर्डले बताए। नगरवासीले हाम्रो पार्टीलाई पाँच वर्षको लागि सेवा गर्ने मत दिएको हुनाले यो पाँच सालको अवधि नगरवासीहरूको हितमा काम गरौं भन्ने सोच लिएर काम गर्ने अध्यक्ष एडवर्डले बताए। विगतका नगरपालिका चेयरम्यानहरू एंव नगरपार्षदहरूले के गरयो, के गरेनन त्यसको पछि नकुदेर बर्तमान स्थितिमा भई रहेको अबैद्य निर्माणहरूमाथि रोक लगाउनु पर्छ भन्ने दार्जीलिङ नगरपालिका समक्ष हाम्रो पार्टी अध्यक्ष एडवार्डसले आह्वान् गरे। बंगाल नगरपालिका नियम अनुरूप दार्जीलिङ पहाडमा ११.९ मिटर अग्लोसम्म बिल्डिङहरूको निर्माण गर्ने प्रवाधान रहेको छ। यसदेखि माथि निर्माण गरिएको बिल्डिङहरूलाई अवैध ठहर गरिनेछ भन्ने हाम्रो पार्टी अध्यक्ष एडवर्डले बताए।अवैध निर्माणहरूलाई रूपियाँ पैसाले वैध बनाउने प्रयास भईरहेको छ तर जति नै रूपियाँ पैसा खर्च गरे पनि अवैध अवैध नै हुन्छ अनि त्यो अवैध निर्माण पूस्तासम्म अवैध रहनेछ भन्ने बताए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले अवैध निर्माणहरूको जाँच कार्यमा यदि मेरो घर एंव बिल्डिङ नै अवैध भेट्टाएको खण्डमा कार्यवाही गरियोस तर अवैध निर्माणहरूमा रोक लगाउने काम शीघ्र हुनुपर्छ भन्ने एडवर्डले दोहोराएका छन्। दार्जीलिङ शहरको कतिपय क्षेत्रहरू दलदले क्षेत्र भएको हुनाले गर्दा भोलिको दिनमा भूइँचालो आदि जस्ता प्राकृतिक आपदा आएको खण्डमा दार्जीलिङ नगरपालिका क्षेत्रमा ठूलो क्षति हुनेछ भन्ने उनले बताए। हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीले बोर्ड गठन गरेको केही दिनभित्रमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि अवैध निर्माणहरूमाथि तीखो नजर राख्ने अनुरोध गरेको थियो भन्दै दार्जीलिङ शहरलाई भूँइचालो जस्ता प्राकृतिक आपदादेखि सुरक्षित राख्न जिल्ला प्रशासन, पुलिस प्रशासन समक्ष पनि हाम्रो पार्टी अजय एडवार्डसले आह्वान् गरेका छन्।








