रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा आइतवार २ वटा क्वार्टर फाइनल म्याच खेलियो। रोहिनी लेकमा खेलिएको पहिलो म्याचमा बुङकुलुंग भेटरन्सले बागडोग्रा भेटरन्सविरुद्ध २-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दिनकर छेत्री र नरेश राईले १-१ गोल गरे। बागडोग्रा भेटरन्सको तर्फबाट समीरले १ गोल गरे। यसरी दोस्रो म्याचमा डीएसके-ले सोनादा भेटरन्सविरुद्ध पेनल्टी शूटआउटमा ४-१-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सोनादा भेटरन्सको तर्फबाट अभिषेक प्रधानले गोल गरे। यसरी डीएसके-को तर्फबाट युगेन घिसिंगले गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ मईमा खेलिनेछ।