लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलले चरम रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले न्यूक्यासलविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले शुरुवातमा केही दबाउको सामना गर्नु परे पनि अन्तमा जीत हासिल गऱ्यो। मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ आर्सनलले गोल हासिल गऱ्यो। विंगर डेक्लान राइसले ५५औं मिनटमा गोल गरेर होम टीमलाई जीत दिलाए। यस जीतको साथ आर्सनल ३७ वटा म्याचमा ७१ पोइण्ट्सको साथ लीगको जारी सीजनको उपविजेता बन्यो। लिभरपूलले अगावै प्रीमियर लीग खिताब जितिसकेको छ। यसरी न्यूक्यासल ६६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ। यसरी नटिंघम फरेष्टले वेष्ट ह्यामविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने नटिंघम फरेष्टबाट मोर्गन गिब्स-व्हाइटले ११औं र निकोला मिलेनकोविचले ६१औं मिनटमा गोल गरे। वेष्ट ह्यामबाट जेरोड बोवेनले ८६औं मिनटमा गोल गरे। नटिंघम फरेष्ट ६५ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। अन्य म्याचहरूमा फूलह्यामले ब्रेण्टफोर्डलाई ३-२-ले, एभर्टनले साउथम्प्टनलाई २-०-ले अनि लिस्टर सिटीले इप्सविच टाउनलाई २-०-ले पराजित गऱ्यो।