आकाशवाणी खरसाङमा हिन्दी पखवाड़ाको उदघाटन कार्यक्रम सम्पन्न

IMG-20220914-WA0155.jpg

मानिसहरूमा हिन्दी भाषाको प्रयोग र जागरूकता ल्याउनलाई हिन्दी पखवाडा पालन गरिन्छ: पारसचन्द्र आले

खरसाङ: आकाशवाणी खरसाङमा हिन्दी दिवस एंव पखवाडा समारोह शुरु भएको छ। १४ सेप्टेम्बरदेखि शुरु भएर आगामी ३० सेप्टेम्बरसम्म चल्ने हिन्दी पखवाडा दिवसको आज उदघाटन कार्यक्रम सम्पन्न भएको छ। उक्त उदघाटन कार्यक्रम आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको अध्यक्षता र खरसाङका वरिष्ठ अधिवक्ता निर्मला अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले राखेका थिए। कार्यक्रमलाई ललित सेवाले सञ्चालन गर्दै हिन्दी टंककद्वारा पखवाडे समारोहको सबै कार्यक्रमहरू विषयमा जानकारी गराएका थिए। उनले हिन्दी पखवाड़ा अन्तर्गत आज १४ सेप्टेम्बरको दिन उदघाटन कार्यक्रम गरिएको र २१ सेप्टेम्बरको दिन स्वरचित कविता पाठ प्रतियोगिता हुने, २२ सेप्टेम्बरको दिन कम्प्यूटरमा हिन्दी टंकण प्रतियोगिता गरिने, २६ सेप्टेम्बरको दिन अन्ताक्षरी प्रतियोगिता हुने अनि ३० सेप्टेम्बरको दिन हिन्दी पखवाडा दिवसको समापन गरिने भएको जानकारी गराएका छन्।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि वरिष्ठ अधिवक्ता निर्मला अग्रवालले हिन्दी भाषाको इतिहास र गरिमाको विषयमा बताएका थिए। त्यसरी नै सभाध्यक्ष कार्यक्रम प्रमुख पारसचन्द्र आलेले सबै कर्मचारीहरूलाई हिन्दी पखवाडा समारोहमा उत्साहपूर्ण भाग लिने आग्रह गर्दै हिन्दीलाई राज भाषाको रूपमा प्रयोग गर्ने अाह्वान् गरेका छन्।कार्यक्रममा धन्यवाद ज्ञापन आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले गरेका थिए। हिन्दी पखवाड़ा दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले आकाशवाणी खरसाङले सबै कर्मचारीहरूलाई लिएर प्रत्येक वर्ष १४ सेप्टेम्बरदेखि हिन्दी दिवसको रूपमा पालन गर्ने गरेको छ अनि आकाशवाणीमा हिन्दी पखवाडा पालन गर्ने गौरवशाली परम्परा रहेको छ भनी बताएका छन्। उनले भने, भारत विभिन्न प्रान्तीय भाषाहरू बोलिने देश हो र भारतको राज भाषा एंव राष्ट्रीय भाषा हिन्दी रहेको छ। भारतको स्वतन्त्रतापछि हिन्दीलाई राज भाषाको रूपमा प्रयोग गर्नलाई १४ सेप्टेम्बर १९५० मा प्रस्ताव ग्रहण गरिएको र विभिन्न प्रान्तीय भाषाहरूमा हिन्दीलाई राज भाषा एंव राष्ट्रीय भाषाको रूपमा प्रयोग गर्नलाई अनि यसलाई बढवा दिनलाई साथै मानिसहरूमा हिन्दी भाषामाथि जागरूकता ल्याउनलाई हिन्दी पखवाडा पालन गरिने गरिन्छ। त्यसरी नै
ललित सेवाले हिन्दी दिवस एंव पखवाडा विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement