मुख्यमन्त्रीकाे आफ्नी आमासॅंग भेट

n6648437981747592434185615d65c00b044027913cae4a1955636037ec4ad2b039173b50db921d06c3ec48

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नी आफ्नो आमासॅंग भेट गरेपछि ‘आमासँग समय बिताउनु भन्दा ठूलो आनन्द अरू केही नरहेको’ मन्तव्य व्यक्त गरेका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा आफ्नी आमासॅंगको फोटोहरू साझा गर्दै लेखेका छन्, ‘मेरी प्यारी आमासँग समय बिताउनु भन्दा ठूलो आनन्द अरू केही छैन। उनीसँगको हरेक भेटघाट गहिरो भावनात्मक सम्बन्धको क्षण हो, उहॉंको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, आशीर्वाद लिने र मेरो बाल्यकालको न्यानोपन र सरलताको सम्झना गराउने अवसर हो।’
मुख्यमन्त्रीले आमाको उपस्थिति शक्तिको स्रोत रहेको बताउॅंदै उहाँसँग बिताएको समय साँच्चै अमूल्य छ भनी बताएका छन्। उनले अझ लेखेका छन्, ‘यी क्षणहरूले मलाई जगाउँछन्, प्रेरणा दिन्छन्, करुणा र नम्रताका साथ हाम्रा जनताको सेवा गर्ने मेरो उद्देश्यको भावनालाई नवीकरण गर्छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement