५०औं राज्य दिवसको अवसरमा नाम्चीमा वाकाथन

IMG-20250518-WA0275

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठ तथा स्वर्णजयन्तीको अवसरमा हाल राज्यभरि विभिन्न प्रकारको कार्यक्रम आयोजना भइरहेको छ। यसै क्रममा आइएसीएइ र आइएमएफ- का प्रमुख संयोजक शान्ति राइले वाकाथनलाई झण्डा हल्लाएर प्रस्थान गराए। नाम्ची सेन्ट्रल पार्कबाट शुरू भएको वाकाथन मनिराममा पुगेर समापन भएको थियो।
नाम्ची जिल्लाको पर्यटन सूचना केन्द्रको पहलमा आयोजित यस प्रतियोगितामा कूल ७२ जनाले सहभागिता जनाएका थिए। मनिराममा समापन भएको कार्यक्रममा विधायक सतिश चन्द्र राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक राईले ग्रामीण पर्यटनलाई बढावा दिने उद्देश्यले सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाबारे जानकारी गराए। विधायक राईले पर्विङ र मनिराममा स्थानीयहरूलाई पर्यटन क्षेत्रमा रोजगार सिर्जना गर्न सक्ने सम्भावना व्यक्त गरे। यसको साथै उनले यस क्षेत्रलाई विकास गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको निःस्वार्थ सहयोगको निम्ति कृतज्ञता प्रकट गरे।
विधायक राईले स्थानीय सरोकारवालाहरूलाई यस क्षेत्रको विकासको निम्ति सामुहिकरूपमा काम गर्न आग्रह गरे। यसका साथै विधायक राईले यस कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विभिन्न गैरसरकारी संस्था, विभाग र सरोकारवालाहरू प्रति क़ृतिज्ञता व्यक्त गरेका छन्। यस अवसरमा टीआइसी नाम्चीद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement