बंगाल सफारी पार्कमा कर्मचारीहरूद्वारा विरोध प्रदर्शन

15-40-02-2a74fa26-1a3f-4b7b-b571-f1dce3e4f7f0.jpg

सिलगढी। सिलगढीको बंगाल सफारी पार्कमा आज बिहानदेखि नै विरोध प्रदर्शनको भइरह्यो। जसले गर्दा पार्क परिसरमा तनाउको माहौल देखा पऱ्यो। पार्कका कर्मचारीहरूले पार्कका निर्देशकलाई स्थानान्तरण गरिनु पर्ने माग गर्दै आज बिहान गेट अघिल्लतिर प्रदर्शन गरे। कर्मचारीहरूले लगाएको आरोपअनुसार दावा शेर्पा निर्देशक भएर यहाँ आएपछि नै तिनीहरूले विभिन्न समस्याको सामना गर्न परिरहेका छन्। हालै पार्कका केही कर्मचारीहरूलाई तिनले कामबाट समेत निकाली दिएको तिनीहरूले भनाईरहेको छ। यसैले गर्दा नै निर्देशक दावा शेर्पालाई यहाँबाट स्थानन्तरण गरिनुपर्ने माग गर्दै आज पार्कको गेट अघि विरोध प्रदर्शन गरेको तिनीहरूले बताए। विरोध प्रदर्शनको कारण पार्कलाई बन्द गरिदिएको छ। यसले गर्दा टाडाबाट पार्क घुम्न आएका पर्यटकहरू आज पार्कमा घुम्न नपाएपछि धेरै समयसम्म पार्क बाहिर नै देखियो। यसले गर्दा पर्यटकहरूले क्षोभ प्रकट गरे। अर्कोतिर, निर्देशक दावा शेर्पाले आज पार्कका कर्मचारीहरू विरुद्ध कुनै प्रकारको टिप्पणी गरेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement