सिक्किमको ५०औं राज्य दिवसको अवसरमा भारत सरकारद्वारा विशेष सिक्का जारी

IMG-20250518-WA0270

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा भारत सरकारले ५० रुपियाँको विशेष चाँदीको सिक्का जारी गरेकोमा भारतीय जनता पार्टी, सिक्किमले भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदी प्रति आभार व्यक्त गरेका छन्। सिक्किम प्रदेश भाजपा-ले प्रेस विज्ञप्ती जारी गरेर भनेको छ, यो ऐतिहासिक संकेत केवल प्रतीकात्मक कार्य नभएर सिक्किमको अद्वितीय सांस्कृतिक पहिचान, राष्ट्रिय एकता र भारतको अभिन्न अंगको रूपमा यसको गौरवशाली यात्राको शक्तिशाली पुष्टिकरण हो।
भारत सरकारको यस पहलले सिक्किमको इतिहास र संस्कृतिलाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सिक्किम प्रदेश भाजपा-को भनाइ रहेको छ। यी सिक्काहरू सङ्कलनको बस्तु बन्ने जसले सिक्किम र सिक्किमवासीको इतिहास, संस्कृति साथै देशप्रतिको योगदानलाई अमर बनाउने पार्टीको थप भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement