देन्ताममा भाइब्रन्ट भिलेज प्रोग्राम सम्पन्न

00-DoT

 

गान्तोक: भाइब्रन्ट भिलेज प्रोग्रामको एक भागको रूपमा देन्ताम बीडीओ कार्यालयमा मङ्गलबार १३ सेप्टेम्बरमा डीओटी, भारत सरकारका डेपुटी डायरेक्टर जेनरल एन मुरली कृष्णको अध्यक्षतामा बैठक सम्पन्न भयो। निर्देशक दूरसंचार विभागका जयन्ता कोले, देन्तामका एसडीएम एन के कार्की, देन्तामका बीडीओ बसन्त मोक्तान, पञ्चायत सदस्य, दावा जी भोटिया एएसआई र देन्ताम पुलिस स्टेशनकी डब्ल्युसीपी रेजिना राई, डा. निवेदिता प्रधान, देन्ताम पीएचसी, एई (पीडब्ल्यूडी)का धीरेन्द्र भट्टराई, र (शिक्षा विभाग) देन्तामका एडी, राज्य सरकारका अधिकारीहरू, दूरसंचार सेवा प्रदायकका प्रतिनिधिहरू बीएसएनएल, आरजेआईएल, एयरटेल, भोडाफोन आइडिया लिमिटेडबाट सहभागी थिए।

गाउँमा दूरसञ्चार नेटवर्क र आवश्यकताको आधारभूत मूल्याङ्कन गर्न बैठक बोलाइएको थियो। उपमहानिर्देशकले बीएसी र जीपीयूहरू, शैक्षिक संस्थाहरू, स्वास्थ्य सेवा केन्द्रहरू, पुलिस थाना र देन्ताममा अवस्थित अन्य संस्थाहरूमा टेलिकम नेटवर्कको उपलब्धताबारे जानकारी लिएर चर्चा गरे। बैठकमा उपस्थित सबै सरोकारवालाको माग पनि उल्लेख गरियो। –पीआईबी, गान्तोक   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement