राजस्थान रोयल्सविरुद्ध १० रनले जीतको साथ प्लेअफ्-को नजिक पुग्यो पञ्जाब किंग्स

IMG-20250518-WA0268

जयपुर: पञ्जाब किंग्सले आईपीएल २०२५-को ५९औं म्याचमा राजस्थान रोयल्सलाई १० रनले पराजित गऱ्यो। यस जीतको साथै पञ्जाब किंग्स १२ वटा म्याचमा १७ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको दोस्रो स्थानमा रहेर प्लेअफ्-को बाटोलाई फराकिलो बनायो। आइतवार दिउँसो सवाई मानसिंह स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर २१९ रन बनायो। त्यसपछि राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो। पहिला ब्याटिंग गर्दै पञ्जाबले ३४ रनमै ३ विकेट गुमायो। प्रियांश आर्य ९ र प्रभसिमरन सिंह २१ रन बनाएर आउट भए। यी दुवैलाई तुषार देशपाण्डेले आउट गरे जबकि आईपीएलमा पहिलो म्याच खेलिरहेका मिचेल ओवनले त खाता पनि खोलेनन्। पञ्जाबको ईनिंग्सलाई नेहाल वधेराले सम्हाले। उनले कप्तान श्रेयस अय्यरसँग चौथो विकेटको निम्ति ६७ रन अनि शशांक सिंहसँग पाँचौं विकेटको निम्ति ५८ रनको पार्टनरशीप गरे। वधेराले ५ वटा छक्का र ५ वटा चौकाको साथ ३७ बलमा ७० रन बनाए। कप्तान श्रेयसले ३० रनको योगदान दिए। शशांकले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिंग गर्दै ३० बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ अविजित ५९ रन बनाए। ओमारजईले पनि ९ बलमा अविजित २१ रन बनाए।
त्यसपछि राजस्थानलाई यशस्वी जयसवाल र वैभव सूर्यवंशीको ओपनिंग जोड़ीले तेज शुरुवात दिलाउँदै पहिलो विकेटको निम्ति केवल २९ बलमा ७६ रनको पार्टनरशीप गरे। स्पिनर बरारले १४ वर्षीय वैभवलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े, जसले १५ बल खेलेर ४ वटा छक्का र ४ वटा चौकाको साथ ४० रन बनाए। बरारले पछिबाट जयसवाल र रियान पराग (१३ रन) को विकेट पनि लिए। जयसवालले ९ वटा चौका र एउटा छक्काको साथ २५ बलमा ५० रन बनाए। कप्तान सञ्जु सेमसनले २० रनको योगदान दिए। लगातार विकेटको पतनबीच ध्रुव जुरेलले ५३ रन बनाएर प्रयास गरे पनि कुनै फाइदा भएन। उनले ३१ बल खेलेर ४ वटा छक्का र ३ वटा चौका लगाए। पञ्जाबका बलरहरूमा प्लेयर अव् द म्याच हरप्रीत बरारले सर्वाधिक ३ विकेट लिए। यसरी मार्को यानसन र अजमतुल्लाह ओमारजईले पनि २-२ सफलता हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement