रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा शनिवार तीनवटा म्याच खेलियो। रोहिनी लेक मा खेलिएको पहिलो म्याचमा सुकना भेटरन्सले मूण्डा भेटरन्सविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पेमा लामाले २ र राम कुमारले १ गोल गरे। यसरी दोस्रो म्याचमा खरसाङ लीजेण्ड्सले मिरिक भेटरन्सविरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जेनेसिस लेप्चाले १ गोल गरे। तेस्रो म्याचमा युनाइटेड रोहिनी भेटरन्सले सिपाहीधुरा भेटरन्सविरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रशान्त राईले गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ मईमा खेलिनेछ।