नागरी धजे समष्टिमा युवा शक्तिको सांगठनिक सभा सम्पन्न

IMG-20250518-WA0218

हामी मैदानमा विपक्षीहरु मोबाईलमा छन्: अनित खाती

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको दिशा निर्देश अनुरुप दार्जीलिङ महकुमा समिति अधीनस्थ नागरी धजे समष्टिमा एक सांगठनिक सभा समष्टि युवा शक्ति अध्यक्ष कुसुम राईको अध्यक्षतामा सम्पन्न भयो। सभालाई स्वागत समष्टि महासचिव नवीन सुब्बाले गरे भने विशेष रुपले केन्द्रीय युवा शक्ति प्रवक्ता अनित खातीले सम्बोधन गर्दै वर्तमानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सत्ता र संगठन लिएर हिँडेका मजबुत पार्टी भएकोले मैदानमा छौं। तर
आज मोबाईलभरी पार्टी बनाएर कराईरहेको छ भन्दै हामी मैदानमा उनीहरु मोबाइलमा छन् र फरक यदि हो भनी विपक्षीलाई कटाक्ष गरे। सम्बोधन गर्ने क्रममा केन्द्रीय युवा शक्तिको महासचिव सदीप प्रधानले विशेष रुपले सम्बोधन राख्दै संगठनलाई मजबुत बनाउने पहल हो भन्दै पर्जापट्टा बारे बोल्दै एक जनाले ५ डेसीमल जमीन नै स्वीकार गरे ८७ बटा बगानमा कति जमीन हाम्रो हुन्थ्यो सारांशमा बुझाउँदै ऐले आफ्नो जमीनको कागज नभए पनि आफ्नै जमीन हो भनेर किटाण गर्दा सरकारी सहुलियतबाट बञ्चित हुनु परेको बताए। उनले संगठनका निःस्वार्थ युवाहरुको नितान्त आवश्यक रहेको पनि बताए। केन्द्रीय उपाध्यक्ष अनुप गदालले लघु कथाको मिठो उदाहरण पेश गर्दै युवाहरु विकाश उनीहरुको क्षमतामाथि निर्भर गर्छ भन्दै कर्ममा विश्वास गर्ने युवाहरूले नै सार्थकता पाउन सक्छ भनी बताएका छन्।‌

सभालाई दार्जिलिङ युवा शक्ति संयोजक बिशाल थामी, केन्द्रीय समिति सदस्य सीडी राई अनि सभाका प्रमुख अतिथि समष्टि सभासद एवं केन्द्रीय पार्टी सदस्य अञ्जुल चौहानले पनि सारगर्भित सम्भाषण राखेका थिए। सभामा केन्द्रिय पार्टी सदस्य बीबी राई, केन्द्रिय सदस्य युवा शक्ति अमित सुब्बा लगायत पार्टीको समष्टि महासचिव किशोर छेत्री अनि धेरै युवाहरुको उपस्थिति रहेको थियो। सभालाई युवा शक्ति समष्टि उप महासचिव समीर राईले सञ्चालन गरेका थिए भने युवा शक्ति समष्टि अध्यक्ष कुसुम राईले पनि आफ्नो सम्बोधन राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement