कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः त्रिवेणी स्टार क्वार्टर फाइनलमा

IMG_20220914_182331.jpg

१४ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा त्रिवेणी स्टार फाप्रीले क्वार्टर फाइनलमा स्थान बनाियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको दोस्रो राउण्डको म्याचमा त्रिवेणी स्टारले युनाइटेड बोइज क्लब, लंकूलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सतीश राईले २ अनि मचेन्द्र प्रधानले १ गोल गरे। यसरी नै युनाइटेड बोइज क्लबबाट योगेन राई र अजीत थापाले १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल 30 सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement