गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन, रंगबूलको २५औं वार्षिक सभा एवं रजत जयन्ती समारोह सम्पन्न

IMG-20250518-WA0210

सोनादा: गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन, रंगबूलको २५औं वार्षिक सभा एवं रजत जयन्ती समारोह आईतबार स्थानीय अजम्बरी सार्वजनिक भवन गुराँस डाँडा, रंगबूलमा सम्पन्न भयो। सभाको अध्यक्षता संगठनको सभापति सुबेदार उदय कुमार लिम्बुले गरेका थिए भने सभालाई सञ्चालन संगठनको महासचिव अनरेरी कप्तान सीबी तामाङले गरेका थिए। यस रजत जयन्ती समारोहमा मुख्य अतिथिको रूपमा जिल्ला सैनिक बोर्डका सचिव ग्रूप क्याप्टन तरूण कुमार सिंगा, अति विशिष्ट सेवा मैडल उपस्थित रहेका थिए।‌ विशिष्ट अतिथिहरुमा स्थानीय जीटीएको सभासद राजेस चौहान अनि पूर्व पार्षद एनबी प्रधान एवं अनरेरी कप्तान किशोर रजक उपस्थित रहेका थिए। यसबाहेक रंगबूल क्षेत्रका आठवटा सामाजिक संस्थाका प्रतिनिधिहरु एवं अन्य गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। सभाको प्रारम्भमा संगठनका मृत सदस्यहरु अनि हालैमा पहलगाममा उग्रवादी हमलामा मारिएका निर्दोष नागरिकहरु अनि ओपरेसन सिन्दूरमा विरगति प्राप्त सैनिकहरुको आत्मा शान्तिको निम्ति मौन धारण गरियो। समारोहमा स्वागत सम्भाषण अनरेरी कप्तान रबिन्द्र लामाले राखेपछि मूल सचिवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसरी नै कोषाध्यक्ष सुबेदार रबिनचन्द्र राईद्वारा कोषको विवरण प्रस्तुत गरेका थिए।


यस समारोहको यादगार स्वरुप उपस्थित सम्पूर्णलाई संगठनको रजत जयन्तीको स्मृति चिन्ह भेटस्वरुप प्रदान गरियो भनी संगठनको सदस्य सुवास ठकुरीले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement