खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणी पार्कशन गार्डन परिसरमा किराँती खम्बु राई सांस्कृतिक संस्थान रोहिणी शाखाको आयोजनामा साकेला पर्व तथा उभौली पूजा मनाइएको छ। यस कार्यक्रम शाखाको सल्लाहकार हेमन्त राईको अध्यक्षतामा गरियो थियो भने प्रमुख अतिथिको रुपमा जीटीएको कार्यकारी सभासद कल्पना प्रधान उपस्थित थिइन्। कार्यक्रममा यालम्बर हाङ किराँती खम्बु राई सांस्कृतिक संस्थान बाघडुग्रा शाखाका कलाकारहरुद्वारा शिली नृत्य, शिली ढोल नृत्य प्रस्तुत गरेका थिए भने रोहिणी लाप्चेटार प्रशाखाका नानीहरूले पनि राई गीतमा नृत्य प्रस्तुत गरेका थिए। अस्थायी रुपमा रोहिणी शाखाका राई परिवारहरूले मामखीम बनाएको थियो अनि त्यस पूजा स्थलमा माङपा धनबहादुर राई अनि माङमा ललित राईले राई जातिको परम्परा अनुसार पूजा अर्चना गरिएको थियो। कार्यक्रममा केही विशिष्ट अतिथीहरुलाई समानित गरियो। समारोहमा पंखाबारी अम्बटे लंगभ्यू समष्टिका कार्यकारिणी सभासद कल्पना प्रधान,घैयाबारी ग्राम पञ्चायत तीनकी प्रधान सुष्मा वाइबा, यलम्बर हाङ किराँती खम्बु राई सांस्कृतिक संस्थान बाघडुग्रा शाखाका सभापति देवकुमार राई अनि बाघडुग्रा शाखाका मुख्य संरक्षक पीके राई अनि शिली टोलीलाई सम्मान पत्रले सम्मानित गरियो। साकेला चाड तथा उँभौली पूजा किन मनाइन्छ भन्ने विषयमा रोहिणी शाखा अध्यक्ष राजमान राईले वक्तव्य राखेका थिए।

वक्तव्यको क्रममा केन्द्रीय समिति किराँती खम्बु राई सांस्कृतिक संस्थान अध्यक्ष मणिकुमार राई, ११ वटा जनजाति महासंघका अध्यक्ष एमएस राई, प्रमुख अतिथि कार्यकारिणी सभासद कल्पना प्रधानले हाम्रो साकेला चाढ सम्बन्धमा वक्तव्य राखेका थिए। कार्यक्रममा स्वागत वक्तव्य किराँती खम्बु राई सांस्कृतिक संस्थान रोहिणी शाखाका महासचिव सुन्दर राईले राखेका थिए। त्यसरी नै धन्यवाद ज्ञापन समारोहका सभापति हेमन्त राईले राखेका थिए।