खरसाङको गिध्द पहाड क्षेत्रमा रहेको एनएच ११० मा‌ गयो पैह्रो

IMG-20250518-WA0177

पैह्रोले चारवटा घरहरुलाई खतरा उत्पन्न

खरसाङ: खरसाङको गिध्द पहाडस्थित राष्ट्रिय राजमार्ग ११० अन्तर्गत मन्दिर बस्तीमा आईतबार बिहान पैह्रो गएको छ। गिध्द पहाडको राम मन्दिरको मुनिपट्टि रहेको एनएच ११० मा‌ रोड चौढा गर्ने कार्य चलिरहेको ठाउँदेखि उक्त पैह्रो गएको छ। उक्त पैह्रो बिहान ५ बजीतिर गएको स्थानीयहरुले‌ बताएका छन्।‌ उक्त पैह्रो गएपछि रोडमुनि रहेको रञ्जना छेत्रीको घरलाई आंशिक रुपमा लागेको छ भने तलतिर रहेको बिजय थापाको घरलाई निक्कै खतरा उत्पन्न भएको बताइएको छ‌‌। किनभने पैह्रो गएपछि ढुंगाहरु घर नजिक पुगेको छ। यसको साथै यो पैह्रोले पंकज दे र एस लामाको घरलाई पनि खतरा भएको स्थानीयहरुले‌ बताएका छन्। यस पैह्रोले चारवटा घरहरुलाई खतरा भएको छ। गिध्द पहाडको राम मन्दिर मुनि रहेको‌ एनएच ११० मा रोड चौढा गर्ने कार्य चलिरहेको र यस मरमत्ति कार्य अन्तिम चरणमा रहेको तर आईतबार बिहान परेको मुसलधारे पानीले गर्दा नालाहरु बुचिएर पानी सबै उक्त क्षेत्रमा बगेकोले यो पैह्रो गएको स्थानीयहरुले बताएका छन्। स्थानीयहरुले‌ बताए अनुसार राती भएकोले नाला काट्नु नपाएकोले सबै पानी बगेर पैह्रो गएको हुनसक्ने बताएका छन्।‌ बिहान यो पैह्रो गए आवाज सुनेपछि बिहान उठेर हेर्दा पैह्रो गएको र यस पैह्रोको अब चाढै मरमत्ति गरिदिने र अब मरमत्ति गर्दा राम्रोसितले‌ आरसीसी गरेर मरमत्ति गरियोस् भनी मांग गरेका छन्। उक्त पैह्रो विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पैह्रो पिढीत परिवारहरुमा‌बिजय थापाले यो पैह्रो बिहान ५ बजीतिर गएको जानकारी गराएका छन्‌‌। उनले बिहान लगभग ५ बजीतिर ठूलो आवाज आएपछि उठेर हेर्दा माथि एनएच ११० बाट पैह्रो झरेको र पैह्रोले धेरै खतरा उत्पन्न भएको बताएका छन्‌। उनले यस पैह्रोले चारवटा घरहरुलाई खतरा उत्पन्न भएको बताएका छन्‌। बिजय थापाले यस पैह्रोको चाढै मरमत्ति कार्य भएको होस् भन्दै अब मरमत्तिको कार्य भए राम्रोसितले आरसीसी लगाएर गरिए असल हुने र सुरक्षित हुनसक्ने बताएका छन्‌।

त्यसरी नै पैह्रोको चपेटमा परेको गिध्द पहाडको एउटा निजी स्कूलको नजिकमा रहेको‌ घरकी एक‌ महिला रञ्जना छेत्रीले बिहान ५ बजीतिर सडकदेखि नै पैह्रो झरेकोले डरसरि बनाएको बताउँदै राती पानी पर्दा नाली बुचिएर सबै पानी सडकमा बगेपछि यो पैह्रो गएको हुनसक्ने बताएकी छन्। उनले यहाँ रोड फराकिलो बनाउने कार्य चलिरहेको र अब यो पैह्रोको मरमत्ति कार्य गरिन्दा ईञ्जिनियरहरुका देखरेखमा‌ राम्रोसितले आरसीसी लगाएर मरमत्ति गरिए घरि घरि यसरी घरहरुलाई नोक्सान नहुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement