राजगञ्ज: जलपाईगढी संलग्न दशदरगा इलाकामा एउटा समान बोकेको लरी अनियन्त्रित भएर पल्टिएको छ।यस दुर्घटनामा परेर चालकलाई सामान्य चोटपटक लागेको छ।जानकारी अनुसार उत्तराञ्चलबाट एउटा १८ चक्के लरी सर समान बोकेर गुवाहाटीतर्फ गइरहेको थियो। अबेर राति अचानक अनियन्त्रित भएर जलपाईगढी संलग्न दशदरगा लाल स्कुल इलाकामा यो लरी पल्टियो। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर लरी उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।








