बीसीसीआई मुख्यालयमा एसआरटी १०० बोर्ड रूम, सचिन भए भावुक

IMG-20250518-WA0115

मुम्बई: भारतका दिग्गज ब्याटर सचिन तेन्दुलकरले भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को मुम्बई स्थित मुख्यालयमा उनको नाममा एसआरटी १०० बोर्ड रूम नामित गरिएकोमा धन्यवाद दिए। सचिनले शीर्ष पदाधिकारीहरूका उपस्थितिमा यस बोर्ड रूमको उद्घाटन गरे। सचिनलले यसको निम्ति बीसीसीआई अध्यक्ष रोजर बिन्नी, सचिव देवजीत सैकिया, उपाध्यक्ष राजीव शुक्ला र संयुक्त सचिव रोहन गौंस देसाईसहित बीसीसीआईका सबै पदाधिकारीहरूलाई आन्तरिक हृदयबाट धन्यवाद जनाए। सचिनले भने, म बीसीसीआईका सबै पदाधिकारीहरूलाई धन्यवाद जनाउन चाहन्छु। १९८९-मा मेरो पहिलो पाकिस्तान यात्रा अनि बीसीसीआईको शुरुवाती कार्यालय, जुन सीसीआई ब्रेबोर्न स्टेडियम अघि एउटा सानो कमरामा थियो। मलाई आज पनि त्यो दिन याद छ। त्यहाँदेखि यस आधुनिक मुख्यालयसम्मको यात्रा असाधारण रह्यो। उनले मुख्यालयमा सजाइएको ट्रफीहरूलाई अनमोल बताउँदै भने, यी ट्रफीहरू बीसीसीआई र खेलाड़ीहरूका मेहनत र योजनाको प्रतीक हो। यो त्यो क्षण हो जब पूरा देशले एकजुट भएर जीतको खुशीयाली मनाउँछ।
साल २०११ वनडे वर्ल्ड कपको ट्रफी देखेर सचिनले २००७-को निराशालाई सम्झिए जब वेष्ट इण्डिज यात्रापछि उनी आफ्नो करियरलाई लिएर असमञ्जसमा थिए। सचिनले भने, त्यस समय म सामान्य असमञ्जसमा थिएँ। मेरो दाजुले त्यस समय मलाई २०११-को वर्ल्ड कपमा भारतमा अनि फाइनल वानखेड़ेमा हुने बताएका थिए। त्यस समय उनले मलाई के तिमी ट्रफीसँग स्टेडियममा भिक्ट्री ल्याप लगाउन चाहँदैनौं भनेर प्रश्न गरेका थिए। उनको शब्दहरूले मलाई प्रेरित गरेको थियो। २००७-देखि २०११-सम्मको यात्रा मेरो क्रिकेट करियरको सबैभन्दा यादगार क्षण रह्यो। यसरी १९८३ वर्ल्ड कपको ट्रफीबारे सचिनले भने, यस प्रूडेन्सियल कपले मेरो करियरलाई प्रेरित गऱ्यो। त्यस टीमका खेलाड़ी रोजर बिन्नी आज यहाँ छन्। १९८३-देखि २०११-सम्मका उपलब्धिहरू बीसीसीआईको योजना र खेलाड़ीहरूका प्रयासको नतीजा थियो। भारतीय क्रिकेटको भविष्यलाई लिएर सचिन आशावादी छन्। उनले भने, हामीसँग एउटा असल टीम, असल नेता र महत्वकांक्षी युवाहरू छन्। देशको हितमा सही निर्णय लिइनेछ। रिटायरमेण्टपछि पनि भारतको निम्ति ब्याटिंग जारी राख्नेछु। मलाई महत्त्वपूर्ण फसेलाहरूका हिस्सा बन्ने आशा छ, जसले हामीलाई उत्सव मनाउने मौका दिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement