सर्वसाधारणको समस्याहरुलाई लिएर पन्चायत कार्यलयमा चडाइयो ज्ञापन

कालिम्पोङ: गत १२ सितम्बरको दिन ४४ नम्बर समष्टि “हाम्रो पार्टी” का सभापति समीर थापा साथै अन्य पद-अधिकारीहरुले कालिम्पोङ जिल्ला, गोरुबथान् खण्ड विकास अन्तर्गत कुमाई ग्राम पंचायतका पञ्चायत कर्मचारीहरुसंग भेटघाट गरे। यस भेटघाटमा कुमाईका सर्वसाधारणले भोग्नु परी रहेको स्वस्थ समबन्धि विषय मा रहेका असुविधाहरु बारे जानकारी गराए। यसका साथै वर्ष २००० साल देखि कुमाईमा उप-स्वास्थ्य केन्द्र बनिएता पनि अहिले सम्म सामुहिक रूपमा संचालनमा नभएको कारण कुमाईको साधारण जन्ताहरुले धेरै कष्ट भोग्नु परेको गुनासो पनि राखे।यहाँका मानिसहरुले रात बीचमा दुःख बिमार तथा गर्भवती महिलाहरुले धेरै असुविधाहरू भोग्नु परेको अवगत गराए। कुमाई ग्राम पंचायत लाई यस उप-स्वास्थ्य केन्द्र सञ्चालन् गरी दिया जावश भनी अर्जी पत्र पनि चढाए।
पञ्चायत कार्यालयमा पन्चायत कर्मचारीहरु पर्याप्त साथै समयमा उपस्थिति नभएको हुनाले सर्वसाधारण जनताले धेरै असुविधा झेल्नु परेको जन गुनासो हाम्रो पार्टी ४४ नम्बर समष्टि का सभापति समीर थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement