गान्तोक: सिक्किम राज्यको ५०औं वर्षगॉंठ समारोहको श्रृंखला अन्तर्गत आज राजभवनमा एक भव्य रात्रिभोजको आयोजन गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस विश्वनाथ सोमाद्दर, विधानसभाका अध्यक्ष एवं उपाध्यक्ष, क्याबिनेट मन्त्रीहरू, विधायकगण, विभिन्न विभागका सल्लाहकारहरू, क्याबिनेट सचिव, मुख्य सचिव, पुलिस अधीक्षक, अतिरिक्त मुख्य सचिवहरू, आयुक्त र सचिवहरू, १७औं माउण्टेन डिभिजनका जीओसी, केन्द्र सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
सिक्किमको गौरवशाली ५० वर्षको यात्राप्रति सम्मान एवं सामूहिक उत्सवको प्रतीक यस आयोजनलाई राजभवन परिवारले गरिमापूर्ण एवं स्मरणीय रूप प्रदान गरेको विज्ञप्तिमा बताइएको छ।